काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोविन्द वाग्ले नियुक्त भएका छन् । चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई ४० दिनभित्र हाजिर हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।