सोमबार, फाल्गुन ४,२०८२ 04:09:25
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:09:25
Bizshala
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले गर्यो ब्याजदर स्थिर राख्ने निर्णय, यो वर्ष मुद्रास्फीति उच्च रहने अनुमान

अमेरिकी केन्द्रीय बैंकले गर्यो ब्याजदर स्थिर राख्ने निर्णय, यो वर्ष मुद्रास्फीति उच्च रहने अनुमान
Shivam Cement

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ(फेड)ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । दुई दिनको मौद्रिक नीतिको बैठकपश्चात बुधबार फेडले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको हो ।  

फेडका अधिकारीहरु २ प्रतिशतको मुद्रास्फितीको लक्ष्यतर्फ अमेरिकी अर्थतन्त्र अग्रसर भईरहेको वा अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी कमजोर बनिरहेको प्रमाणको प्रतिक्षामा रहेकाले ब्याजदर स्थिर राखिएको जनाइएको छ ।  

फेडले ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशत कायम राखेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बुधबार प्रकाशित आँकडाअनुसार अधिकारीहरुले यो वर्ष दुईपटकसम्म कर्जाको दर कटौती गर्नसक्ने अपेक्षा गरेका छन् । ८ जना अधिकारीहरुले भने एकपटकसम्म वा कटौती नै नहुने अनुमान गरेका छन् ।  

फेडका अध्यक्ष जेरोमी पावेलले अहिले अमेरिकी उपभोक्ता र व्यवसायमा उच्च अनिश्चितता व्याप्त रहेको स्विकार गरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको ट्यारिफका नीतिहरुले मु्द्रास्फिती र कमजोर आर्थिक वृद्धिको सम्भावना बढाएको छ । यसका साथै उग्र आप्रवासी नीतिले समेत अमेरिकामा केही निश्चित उद्योगहरुमा श्रमिक अभाव हुने विश्लेषकले बताएका छन् ।  

पावेलले ट्रम्पको ट्यारिफ नीतिका कारण फेडले यस वर्षका लागि मुद्रास्फितीदर उच्च रहने आँकलन गरेको बताएका छन् । तर सम्भावित व्यापार युद्धका कारण उनले यसको प्रभाव कतिसम्म हुन्छ भन्नेबारे एकिनताका साथ भन्न नसकिने बताए ।  

यससँगै ट्रम्पले बुधबार अझै धेरै ट्यारिफहरु लगाउने बताउदै जसरीपनि ब्याजदर घट्नु पर्ने बताएका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.