काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘ ९% नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(फागुन १६ गते ) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
बैंकले गत मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘ ९% नबिल डिबेञ्चर २०८७’नामक ऋणपत्र निष्कासन गरेको थियो ।