नबिल बैंकको ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७१ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

