बुधबार, जेष्ठ ७,२०८२ 12:54:05
IME remit
  • बुधबार, जेष्ठ ७,२०८२ 12:54:05
IME remit
Global IME Bank Limited

नबिल बैंकको अटो लोनमा आकर्षण बढ्दै, ७ वर्षका लागि ८.२५% स्थिर ब्याजदरमै कर्जा पाउन सकिने

Hyundai Nepal
नबिल बैंकको अटो लोनमा आकर्षण बढ्दै, ७ वर्षका लागि ८.२५% स्थिर ब्याजदरमै कर्जा पाउन सकिने
Nabil Bank Limited

काठमाण्डौं । पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा हायर पर्चेज लोन (अटो सेक्टरको कर्जा) प्रवाह बढ्दो छ । विशेषगरी नेपाली अटो बजार इभीमय बनिरहँदा बैंक तथा वित्तीय संस्थाहरुमा अटो लोन लिनेहरुको संख्या ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।  

सामान्यतया अन्य धितोको आवश्यक नपर्ने सवारी कर्जा प्रवाह गर्दा बैंकले किस्ता तिर्न पुग्ने आम्दानीको स्रोत छ वा छैन त्यो मात्रै हेर्ने गर्दछ । ग्राहकले कम झमेलामा लिनसक्ने लोन भनेकै अटो लोन हो । यसकारण पनि पछिल्लो समय बिना झन्झट वाणिज्य बैंकहरुबाट सहजै अटो लोन लिन सकिने व्यवस्था छ ।  

कर्जा विस्तारमा थप एग्रेसिभ बन्दै नबिल बैंकले अटो सेक्टरको लोनलाई समेत विशेष प्राथमिकतामा राख्दै आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ११ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेको छ ।  

यो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा १४.२५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म भने नबिल बैंकले १० अर्ब १६ करोड ६६ लाख रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेको थियो । एक वर्षको अन्तरालमै नबिल बैंकमा अटो लोन लिनेहरुको संख्या १४ प्रतिशतले बृद्धि भएको छ ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

केही वर्षअघि वाणिज्य बैंकहरुमा कर्जा लगानी सुस्ताउँदा नेपाल राष्ट्र बैंकले ‘अटो सेक्टर’को लोन खुकुलो बनाएको छ । बजारमा कार उत्पादक तथा वितरकहरुले नयाँ–नयाँ मोडलका गाडीहरु ल्याइरहँदा यता बैंकहरुले पनि सवारी कर्जामा विभिन्न खालका स्किमहरु ल्याउन थालेका छन् ।  

नबिल बैंकले पनि सवारी कर्जालाई प्राथमिकतामा राख्दै नयाँ वर्ष अफर ल्याएको छ । योजनाअन्तर्गत बैंकले ७ वर्षका लागि ८.२८ प्रतिशत स्थिर ब्याजरमा सवारी खरिद गर्न सकिने जनाएको छ । असार अन्तिमसम्म चल्ने यस अफरमा सहभागी ग्राहकले गाडी छनोट गरी कर्जाका लागि तुरुन्तै अफर लेटर प्राप्त गर्ने बैंकले जनाएको छ ।  

यस अफरअन्तर्गत ६० प्रतिशत फाइनान्सिङको व्यवस्था रहेको बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले बताईन् । ‘हामीले नबिल अटो लोनमा नयाँ वर्ष अफर ल्याएका छौं, जसमा ग्राहकहरुले सस्तो ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नुहुनेछ’ उनले भनिन्, ‘बैंकले विद्युतीय सवारी वा इन्धनबाट चल्ने दुबै खालका सवारीलाई मध्यनजर गर्दै यो अफर ल्याएको हो, यो अफरमा सरिक हुने ग्राहकहरुले ७ वर्षका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।’

बैंकका अनुसार यस अफरमा सहभागी हुने ग्राहकले बैंकको बेसरेट फेरबदल भएपनि ब्याजर रेट भने उही नै हुनेछ । ‘सामान्यतया बैंकको बेसरेट घटबढ हुने वित्तीकै बैंकको ब्याजदर पनि त्यहिअनुसार नै परिवर्तन हुन्छ, तर यस बैंकले ल्याएको नयाँ वर्षको अफरमा सहभागी ग्राहकहरुले बैंकको बेसरेट बढेपनि उही ब्याजदरमै कर्जा पाउनुहुनेछ’ उनले भनिन्, ‘अहिले बैंकको बेसरेट ५.९३ प्रतिशत छ, पछि बैंकको यस्तो रेट बढेपनि अफरमा सहभागी हुँदा अटो लोनको ब्याजदर उही नै पर्न जान्छ, तर नर्मल सवारी कर्जामा भने ग्राहकहरुले बेसरेट बमोजिम नै ब्याज तिर्नुपर्ने हुन्छ ।’

Muktinath Bikas Bank Limited

बैंकले ल्याएको यस अफरमा हालसम्म ४÷५ सय ग्राहकहरु सहभागी भइसकेको उनले बताईन् । ‘अटो लोन लिने प्रक्रिया पनि सहज त्यहिमाथि मार्केटमा राम्रो रेटमा कर्जा पाइने भएकाले हालसम्म ४–५ सय ग्राहकहरु यस अफरमा सहभागी भइसक्नुभएको छ’ उनले भनिन्, ‘हामीले नेपाल राष्ट्र बैंकको निर्देशनमा रहेर कर्जा प्रवाह गरेका छौं, अटो लोन लिंदा घरजग्गा केही पनि धितो राख्नुपर्दैन, ग्राहकले खरिद गर्न लागेको गाडी नै स्वयं धितो रहनेछ, यसकारण पनि अटो लोन लिनेहरुको संख्या बढ्दो छ ।’

नबिल बैंकमा अटो लोन लिनका लागि प्रक्रिया समेत सहज भएको श्रेष्ठले दाबी गरिन् । ‘सामान्यतया बैंकहरुमा लिने लोन प्रक्रिया एउटै हुन्छ, तर हामीले ग्राहकहरुलाई लोन लिने वातावरणमा थप सहज बनाउनेछौं’ उनले भनिन्, ‘नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ग्राहकहरुको आम्दानीको स्रोत इएमआईको दोब्बर हुनुपर्ने व्यवस्था छ, ग्राहकले सबै डकुमेन्ट बुझाएको ३ दिनभित्रमा नै हामीले कर्जा दिनेछौं ।’

साथै नबिल बैंकले ल्याएको यो अफरमा सहभागी हुँदा अन्य सेवाहरु समेत प्राप्त गर्न सकिने उनले बताईन् । ‘एक त हाम्रो शाखा सञ्जाल २६८ पुगिसकेको छ, ग्राहकले सहजै देशको जुनसुकै शाखाबाट समेत अटो लोनका लागि प्रक्रिया अघि बढाउन सक्नुहुनेछ’ उनले भनिन्, ‘यस अफरमा पाइने सहुलियत ब्याजदरसँगै बैंकले विभिन्न संस्थाहरुसँग गरेको टाईअफमा समेत छुट प्राप्त गर्न सक्नुहुनेछ ।’

यसबाहेक नबिल बैंकले अटो लोनमा कमर्सियल गाडीमा समेत फाइनान्सिङ गर्दै आइरहेको उनले बताईन् । ‘प्राइभेट गाडीसँगै हामीले कालो प्लेट भएका फाइनान्सिङ गाडीको समेत फाइनान्सिङ गर्दै आएका छौं’ उनले भनिन्, ‘काठमाण्डौं उपत्यका सँगै बाहिर चल्ने केही सवारी साधनमा हामीले ५.९३ प्रतिशत बेसरेटमा ३ प्रतिशत प्रिमियम जोडेर फाइनान्सिङ गरेका छौं ।’

नबिल बैंकले अटो लोन लिने ग्राहकहरुको सहजताका लागि अटो हब समेत सञ्चालनमा ल्याएको उनले बताईन् । ‘अटो सेक्टरको लोनमा बढ्दो आकर्षण देखिएसँगै नबिल बैंकले ग्राहकको सहजताका लागि अटो हब सञ्चालनमा ल्याएको छ’ उनले भनिन्, ‘बैंकको पुलचोक शाखामा अटो हब रहेको छ, जसमा ग्राहकहरुले सहजै अटो लोनका विषयमा जिज्ञासाहरु राख्न सक्नुहुनेछ ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.