सोमबार, श्रावण १८,२०८३ 03:17:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:17:05
Bizshala
Global IME Bank Limited

नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड

नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड
New Office

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब बढी मुनाफा आर्जन गरेको छ । बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  

यो रकम अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा भन सामान्य गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७.५४ प्रतिशतले बढेर १३ अर्ब पुगेको छ । बैंकले २ अर्ब २७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २९ करोड रुपैयाँ ट्ट्टाएको छ । अघिल्लो आवमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब २३ करोड रुपैयाँको व्यवस्था गरेको थियो ।  

बैंकको रिटेन्ड अर्निङ ६.७७ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार भने ९.७४ प्रतिशतले वृद्धि भएर ३१ अर्ब ३१ करोड कायम भएको छ ।  

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६क्ष्८ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२५.०५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १९.४४ गुणा र तरलता अनुपात २६.३८ प्रतिशत कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.