काठमाण्डौ । नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार’ निष्कासन गर्न स्वीकृति दिएको हो ।
यससँगै बैंकले रु. १०० अंकित दरका ५ करोड कित्ता सेयर निष्कासन गर्नेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
यो सेयरको लाभांशदर ८ प्रतिशत रहेको छ । बोर्डले बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।