सोमबार, श्रावण १८,२०८३ 03:18:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:18:34
Bizshala
Global IME Bank Limited

नबिल बैंकको लाभांश क्षमता र ईपीएस बढ्यो, अन्य सूचकमा पनि आकर्षक प्रगति

नबिल बैंकको लाभांश क्षमता र ईपीएस बढ्यो, अन्य सूचकमा पनि आकर्षक प्रगति
New Office

काठमाण्डौ । विषम परिस्थितीमा समेत नबिल बैंक लिमिटेडले लाभांश क्षमता वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लाभांश क्षमता २२.५० प्रतिशत पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ९.३८ प्रतिशत मात्रै थियो ।

यसले बैंकको व्यवसायिक रणनीति सबल बन्दै गएको र आर्थिक अवस्थामा सुधार गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सक्षम रहेको संकेत गरेको छ ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ७३.०१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ अर्ब ८९ करोड रहेको वितरणयोग्य मुनाफा बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

बैंकका अन्य सूचकहरुमा समेत राम्रो प्रगति भएको देखिएको छ । बैंकले खुद ब्याज आम्दानी बढाउँदै नाफामा सेमत सुधार गरेको छ । बैंकले ४ अर्ब ७५  करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो ।

यस्तै अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ६८ करोड र सञ्चालन मुनाफा ६ अर्ब ५७ कररोड रुपैयाँ रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँले रिभर्सल भएको छ । यस्तै बैंकको ग्रस एनपीएल ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत र नेट एनपीएल पनि १.७० प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित बनेको छ । बैंकको कस्ट अफ फण्ड समेत ४.८१ प्रतिशतबाट झरेर ३.६२ प्रतिशतमा खुम्चिएको छ ।

दोस्रो त्रैमाससम्म बैंकको रिजर्भमा ३३ अर्ब ४२ करोड रुपैयाँ र रिटेन्ड अर्निङ कोषमा ३ अर्ब २७ करोड रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २४.०५ रुपैयाँबाट बढेर ३५.०४ प्रतिशत कायम भएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७६.१४ रुपैयाँ र तरलता अनुपात २९.६० प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.