काठमाण्डौ । ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग साझेदारी गर्दै आफ्नो यात्रा सेवा ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराउन सुरु गरेको छ। यो साझेदारीको सम्झौता नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईन र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड बिमलराज पौडेलले औपचारिक रूपमा सम्पन्न गरेका हुन्।
यस साझेदारीअनुसार, नबिल बैंकका ग्राहकहरूले अब एनबैंक एपमार्फतै बस टिकट, घरेलु तथा अन्तर्राष्ट्रिय उडान, र विभिन्न यात्रा गतिविधिहरू बुक गर्न सक्नेछन्। यसले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा संयोजन गरी प्रयोगकर्ताका लागि सहज अनुभव प्रदान गर्नेछ।
ग्राहकहरूले एनबैंक एपमा Home > More > Marketplace मार्फत ट्रिप टर्बो पहुँच गर्न सक्नेछन्। ट्रिप टर्बो चयन गरेपछि, उनीहरू ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा पुग्नेछन्, जहाँ सजिलै यात्रा खोज्न, छनोट गर्न र बुकिङ गर्न सकिन्छ, साथै लद्यबलप मार्फत सुरक्षित भुक्तानी पनि गर्न सकिनेछ।
ट्रिप टर्बोका संस्थापक, शिकर प्रसाईले भने, ‘ट्रिप टर्बोमा हाम्रो उद्देश्य प्रविधिमार्फत यात्रा सरल बनाउनु हो। नबिल बैंकसँगको साझेदारीले ग्राहकहरूलाई लद्यबलप एपभित्रै सजिलो र सुरक्षित तरिकाले यात्रा योजना बनाउने सुविधा प्रदान गर्नेछ।’
नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईनले भने, ‘हामी एनबैंक एपको मार्केटप्लेसमा अर्को साझेदार थप्न पाउँदा खुशी छौं। यो साझेदारीले हाम्रो ग्राहकहरूले एपमार्फतै आफ्ना यात्रा योजना गर्न र भुक्तानी गर्न अझ सहज बनाउनेछ।’
यस सेवा अब सबै एनबैंक प्रयोगकर्ताहरूका लागि सक्रिय भएको छ, जसले ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू सजिलै पत्ता लगाएर बुकिङ गर्न सक्नेछन्।

