काठमाण्डौ । नबिल बैंक लिमिटेडले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रमुख अजेण्डा पारित गर्ने उद्देश्यले विशेष साधारण सभा डाकेको छ ।
बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका अजेण्डाहरु पारित गरिनेछ ।