काठमाण्डौ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ० प्रतिशत ईएमआई मा नयाँ आईफोन खरिद गर्न सकिने सुविधा ल्याएको छ। ग्राहकले nBank Marketplace मार्फत BNPL सुविधा प्रयोग गरी आफूलाई मनपर्ने आईफोन खरिद गर्न सक्ने बैंकले जनाएको छ।
BNPL सुविधा प्रयोग गर्न ग्राहकले nBank मा लगइन गरी nBank Marketplace मा गएर BNPL विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गरी OTP प्रविष्ट गर्नुपर्नेछ।
त्यसपछि आफ्नो Nabil Credit Card छनोट गरी आफूलाई पायक पर्ने आउटलेट र खरिद गर्न चाहेको आईफोन छनोट गर्न सकिनेछ। आवश्यक विवरण भरेपछि PIN प्रविष्ट गरी कारोबार पुष्टि गर्न सकिने बैंकले जनाएको छ।
बीएनपीएलमार्फत आवेदन दिने प्रक्रिया
- nBank मा लगइन गर्ने।
- nBank Marketplace मा गई BNPL विकल्प छनोट गर्ने।
- मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गर्ने।
- प्राप्त OTP प्रविष्ट गर्ने।
- आफ्नो Nabil Credit Card छनोट गर्ने।
- आफूलाई पायक पर्ने आउटलेट छनोट गर्ने।
- आफूले खरिद गर्न चाहेको iPhone छनोट गर्ने।
- आवश्यक विवरण प्रविष्ट गर्ने।
- PIN प्रविष्ट गरी कारोबार पुष्टि गर्ने।
थप जानकारीका लागि नबिल बैंकको Customer Care Centre ०१–५९७००१५ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।