Bizshala
  • बिहीबार, पुष १७,२०८२ 07:38:04
Bizshala
Global IME Bank Limited

नबिल बैंकको नबिल ज्येष्ठ बचत खाता: सुनौलो उमेरमा आर्थिक सुरक्षा सुनिश्चितताको ग्यारेन्टी

Hyundai Nepal
नबिल बैंकको नबिल ज्येष्ठ बचत खाता: सुनौलो उमेरमा आर्थिक सुरक्षा सुनिश्चितताको ग्यारेन्टी
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय विशेषतया नेपालजस्तो विकासोन्मुख देशमा जहाँ बैंकहरुले वृद्ध नागरिकहरुको लागि विशिष्ट बचत योजनाहरु ल्याइरहेका छन् ।

कुनै एक व्यक्ति उमेरको उत्तरार्धमा प्रवेश गर्दै जाँदा आर्थिक सुरक्षा अझै महत्वपूर्ण बन्दै जान्छ । जीवनभर गरेको परिश्रम, समर्पण र मेहनतबाट संञ्चित केही बचत रकमले पछिल्लो बुढेसकालमा आराम, आत्मनिर्भरता र मानसिक शान्ति प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

यस्तो किसिमको योजनाले धेरै प्रायोगिक र आर्थिक फाइदा दिने हुँदा पछिल्लो समय ज्येष्ठ नागरिक बचत खाता खोल्नेहरुको संख्या पनि दिनहुँ बढ्दै गइरहेको छ । ज्येष्ठ नागरिक बचत खाता सामान्य बचत खाताभन्दा बढी लाभकारी हुने हुँदा लोकप्रिय बन्दै जानु स्वभाविक पनि हो ।

अहिले नबिल बैंक लिमिटेडले ल्याएको ‘नबिल ज्येष्ठ बचत खाता’को चौतर्फी चर्चा छ र धेरै ग्राहकहरुमाझ यो खाता लोकप्रिय पनि बन्दै गइरहेको छ ।

CG Motors
Bizshala
Garima Development Bank

नबिल ज्येष्ठ बचत खाता विशेष रुपमा ज्येष्ठ नागरिकहरुको सुरक्षित, सम्मानजनक र भविष्य सुनिश्चितताका लागि डिजाइन गरिएको बचत खाता हो ।

५० वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई मध्यनजर गर्दै ल्याइएको यो बचत खाता खोल्दा थुप्रै फाइदासँगै विभिन्न सुविधा समेत पाउन सकिनेछ ।

नबिल बैंकले पेन्सन योजनाको कन्सेप्टबाट यो खाता सञ्चालनमा ल्याएको हो । जस्तै, ५० वर्ष उमेर पुगिसकेपछि बृद्धबृद्धाहरु रिटायर्ड भएपछि सरकारले वा सम्बन्धित संस्थाले मासिक रुपमा वा नियमित रुपमा दिने रकम पेन्सन भएजस्तै नबिल बैंकले पनि त्यस्ता बृद्धहरुलाई मध्यनजर गरी मासिक रुपमा ब्याजदर उपलब्ध गराउने हेतुले यो खाता सञ्चालनमा ल्याएको हो ।

पेन्सन सेवानिवृत्त भएपछि नियमित रुपमा आम्दानी हो, जसले बुढेसकालमा जीवनयापन सहज बनाउँछ भनेजस्तै नबिल बैंकको ज्येष्ठ नागरिक बचत खाता खोल्दा पनि यस्तै खालको सुविधा पाउन सकिनेछ ।

यस बचत खाताले व्यक्तिहरुलाई आफ्नो जीवनकालमा कडा परिश्रमबाट कमाएको रकम सुरक्षित र सहज रुपमा पहुँचयोग्य बैंकिङ वातावरणमा राख्न प्रोत्साहन गर्दछ । साथै यो खाता खोल्दा आकर्षक प्रतिफलको लाभ समेत पाइने हुँदा भरपर्दो बचत प्लेटफर्मको रुपमा यो खाताले दैनिक खर्च तथा आकस्मिक आर्थिक आवश्यकताहरु व्यवस्थापन गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

शुन्य मौज्दातमै खोल्न सकिने यो बचत खातामा ज्येष्ठ नागरिकहरुले ब्याज मासिक रूपमा खातामा प्राप्त गर्न सक्नेछन् । यसका साथै खातावालाहरुले विभिन्न सेवाहरू पनि प्राप्त गर्न सक्नेछन्, जसमा स्विफ्ट ट्रान्सफर र डिमाण्ड ड्राफ्टमा ५० प्रतिशत छुट, पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ सेवा, तथा लकर सुविधा पाउन सक्नेछन् ।

जेष्ठ नागरिक केन्द्रित यस बचत खातामार्फत नबिल बैंकले समावेशी तथा जिम्मेवार बैंकिङप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । नबिल जेष्ठ बचत खाताले जेष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, सुविधा तथा आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै आएको भन्नेमा बैंक विश्वस्त छ ।

यो खाता खोल्नेहरुको आत्मविश्वास र स्थिरतासाथ जीवनको उत्तरार्धको आनन्द लिन सक्षम बनाएको बैंकको धारणा छ ।

खाता खोल्ने प्रक्रिया

नबिल बैंकका अनुसार यो खाता खोल्न निकै सहज छ । बिना कुनै झन्झट ५० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले नागरिकताको आधारमा जुनसुकै शाखामार्फत यो खाता सहजै खोल्न सक्नेछन् ।

साथै यो खाता खोल्न चाहाने ज्येष्ठ नागरिकलाई बैंकले सहजता समेत प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बैंकका अनुसार यो खाता खोल्नेहरुको संख्या तीव्र रुपमा बृद्धि भएको र यसमा निकै नै आकर्षण बढ्दै गएको छ ।

मासिक रुपमा ब्याजदर पाइने हुँदा दिनहुँ नागरिकता लिएर खाता खोल्न आउनेहरुको संख्या बढ्न थालेको बैंकले जनाएको छ । साथै स्वास्थ्य अवस्थाका कारण बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई यो खाता खोल्न चाहेमा सहजता प्रदान गरिदिने समेत बैंकले जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.