काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो ।
काठमाण्डौस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरिएको हो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।
अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।
भिसा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।
नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

