आईतवार, बैशाख ६,२०८३ 11:49:28
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:49:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको साप्ताहिक चार्टमा ‘इभिनिङ स्टार’, कस्तो रहला अबको बजार ?

Bizshala
नेप्सेको साप्ताहिक चार्टमा ‘इभिनिङ स्टार’, कस्तो रहला अबको बजार ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । यो साता  ५ दिनको कारोबारमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भएको बजारमा यो साता २ हजार ६६९.३१ अंकमा बन्द भयो  ।  

यस हिसाबले यो साता ६७.१७ अंकले बजार घट्यो । अघिल्लो साता ८१.९५ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा २६अर्ब २९ करोडको कारोबार भयो । अघिल्लो साता ३५ अर्ब ९ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घट्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो साता बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब रह्यो अघिल्लो साता  बजार पूँजीकरण ४५खर्ब ४३ अर्बको बजार पूँजीकरण रहेको थियो ।  यस हिसाबले यो साता बजार घट्दा १ खर्ब ११ अर्बले लगानीकर्ताहरुको सम्पत्ति घट्यो । पछिल्लो दुई सातामा बजार १४९ अंकले घटिसकेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको विकास १८ औ शताब्दीमा जापानमा भएको हो । यसको विकास र प्रयोग जापानका एक धान व्यापरिले गरेका थिए । क्याण्डल स्टिकको विश्लेषणबाट कम्पनी तथा सूचकको हाल बनेको क्याण्डलको आधारमा भविष्यको दिशा निर्धारण गर्ने गरिन्छ । यसमा सिंगल क्याण्डल, डबल क्याण्डल र ट्रिपल क्याण्डल स्टिकको माध्यमबाट भविष्यको दिशा विश्लेषण गरिन्छ ।  

साप्ताहिक रुपमा बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा नेप्सेमा प्रष्ट रुपमा अघिल्लो साता ‘शुटिङ स्टार’ भ्यालिड बनेको देखिन्छ । त्यसपछि यो साता पनि घटेको बजारले इभिनिङ स्टार भ्यालिड गरेको छ । यसमा पहिलो क्याण्डल बुलिस बनेको छ भने दोस्रो क्याण्डल माथि लामो धागो सहितको क्याण्डल बनेको दखिन्छ । त्यसपछिको क्याण्डल बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा गएका साताहरुमा शुटिङ स्टार बनाएको बजारले यो साता इभिनिङ स्टार भ्यालिड गरेको छ । यसले सम्भावित रुपमा बजार केही समय करेक्सनमा चल्न सक्ने मान्न सकिन्छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट तल खसेको छ । यो साता म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि नेगेटिभ बनको छ । साप्ताहिक रुपमा आरएसआई न्यूट्रल जोनमा चलको देखिन्छ । तर डेली बेसमा आरएसआई भने ओभर सोल्ड जोन नजिक ३७ को तहमा पुगेको छ । यस हिसाबले आगामी साता केही दिनको करेक्सनपछि बजार सम्हालिन सक्ने सम्भावना पनि रहन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२८०७

प्रतिरोध २ – २८६३

प्रतिरोध १–२८००

पिभट् प्वइन्टः२७५६

घटेमा सपोर्ट  

सपोर्ट १– २६९२

सपोर्ट २– २६४९

सपोर्ट  ३ –२५८३

निष्कर्षः यो सातासहित सेयर बजार लगातार २ साता घटेको छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार घट्दा कारोबारमा भने कमी आएको छ । पाँच कारोबारमा बजारमा जम्मा २६ अर्ब मात्रै सेयर कारोबार भएको छ । यसले बजारमा बिक्री दबाव भने कम हुँदै गएको देखिन्छ ।  

प्राविधिक रुपमा साप्ताहिक क्याण्डल स्टिकबाट नियाल्दा इभिनिङ स्टार बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ ।  आरएसआईबाट डेली बेसमा नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आईपुगको छ । मनी फ्लोबाट नियाल्दा यो साता बजार ३० को तहमा आईपुगेको छ । यस्तो विन्दु घट्दो बजारमा २० वा सो भन्दा पनि तल आउन सक्छ । यस हिसाबले यो साता गिरावट आएको बजारले आगामी साता पनि निरन्तरता पाउन सक्छ । तर आगामी साता बजार घट्ने क्रम भने रोकिन पनि सक्छ । क्षेत्रगत रुपमा यो साता ब्यापार समूह बाहेक सबै समूह राताम्मे रह्यो । सबैभन्दा बढी यो साता फाइनान्स समूहमा गिरावट आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.