काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भएको बजारमा यो साता २ हजार ६६९.३१ अंकमा बन्द भयो ।
यस हिसाबले यो साता ६७.१७ अंकले बजार घट्यो । अघिल्लो साता ८१.९५ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा २६अर्ब २९ करोडको कारोबार भयो । अघिल्लो साता ३५ अर्ब ९ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घट्यो ।
यो साता बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब रह्यो अघिल्लो साता बजार पूँजीकरण ४५खर्ब ४३ अर्बको बजार पूँजीकरण रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा १ खर्ब ११ अर्बले लगानीकर्ताहरुको सम्पत्ति घट्यो । पछिल्लो दुई सातामा बजार १४९ अंकले घटिसकेको छ ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
क्याण्डल स्टिकको विकास १८ औ शताब्दीमा जापानमा भएको हो । यसको विकास र प्रयोग जापानका एक धान व्यापरिले गरेका थिए । क्याण्डल स्टिकको विश्लेषणबाट कम्पनी तथा सूचकको हाल बनेको क्याण्डलको आधारमा भविष्यको दिशा निर्धारण गर्ने गरिन्छ । यसमा सिंगल क्याण्डल, डबल क्याण्डल र ट्रिपल क्याण्डल स्टिकको माध्यमबाट भविष्यको दिशा विश्लेषण गरिन्छ ।
साप्ताहिक रुपमा बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा नेप्सेमा प्रष्ट रुपमा अघिल्लो साता ‘शुटिङ स्टार’ भ्यालिड बनेको देखिन्छ । त्यसपछि यो साता पनि घटेको बजारले इभिनिङ स्टार भ्यालिड गरेको छ । यसमा पहिलो क्याण्डल बुलिस बनेको छ भने दोस्रो क्याण्डल माथि लामो धागो सहितको क्याण्डल बनेको दखिन्छ । त्यसपछिको क्याण्डल बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा गएका साताहरुमा शुटिङ स्टार बनाएको बजारले यो साता इभिनिङ स्टार भ्यालिड गरेको छ । यसले सम्भावित रुपमा बजार केही समय करेक्सनमा चल्न सक्ने मान्न सकिन्छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट तल खसेको छ । यो साता म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि नेगेटिभ बनको छ । साप्ताहिक रुपमा आरएसआई न्यूट्रल जोनमा चलको देखिन्छ । तर डेली बेसमा आरएसआई भने ओभर सोल्ड जोन नजिक ३७ को तहमा पुगेको छ । यस हिसाबले आगामी साता केही दिनको करेक्सनपछि बजार सम्हालिन सक्ने सम्भावना पनि रहन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –२८०७
प्रतिरोध २ – २८६३
प्रतिरोध १–२८००
पिभट् प्वइन्टः२७५६
घटेमा सपोर्ट
सपोर्ट १– २६९२
सपोर्ट २– २६४९
सपोर्ट ३ –२५८३

निष्कर्षः यो सातासहित सेयर बजार लगातार २ साता घटेको छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार घट्दा कारोबारमा भने कमी आएको छ । पाँच कारोबारमा बजारमा जम्मा २६ अर्ब मात्रै सेयर कारोबार भएको छ । यसले बजारमा बिक्री दबाव भने कम हुँदै गएको देखिन्छ ।
प्राविधिक रुपमा साप्ताहिक क्याण्डल स्टिकबाट नियाल्दा इभिनिङ स्टार बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ । आरएसआईबाट डेली बेसमा नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आईपुगको छ । मनी फ्लोबाट नियाल्दा यो साता बजार ३० को तहमा आईपुगेको छ । यस्तो विन्दु घट्दो बजारमा २० वा सो भन्दा पनि तल आउन सक्छ । यस हिसाबले यो साता गिरावट आएको बजारले आगामी साता पनि निरन्तरता पाउन सक्छ । तर आगामी साता बजार घट्ने क्रम भने रोकिन पनि सक्छ । क्षेत्रगत रुपमा यो साता ब्यापार समूह बाहेक सबै समूह राताम्मे रह्यो । सबैभन्दा बढी यो साता फाइनान्स समूहमा गिरावट आयो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।