मंगलवार, श्रावण १९,२०८३ 09:50:34
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:50:34
Bizshala
Global IME Bank Limited

आगामी साताको बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने, देउवा-ओलीले रोजेका पात्र को हो ?

आगामी साताको बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने, देउवा-ओलीले रोजेका पात्र को हो ?
New Office

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणले ठूलो प्रभाव पारेन भने आगामी साताको बिहीबारसम्म नेपाल राष्ट्रबैंकले नयाँ गभर्नर पाउनेछ ।  

प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतहरुका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरको विषयमा उच्चस्तरीय सहमति भइसकेको र यो प्रक्रियालाई अर्को साताको बिहीबारसम्म टुङ्गो लगाइने भएको छ । 

'नेपाल राष्ट्रबैंकको गभर्नरको रुपमा कसलाई अगाडि बढाउने भन्ने विषयमा ओली र देउवाबीच सोमबार साँझ उच्चस्तरको सहमति भइसकेको छ ।' स्रोतले भन्यो-'कुलमानलाई हटाएर विद्युत प्राधिकरणमा ओलीका सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई ल्याउने विषयमा देउवाले समर्थन गरेपछि कांग्रेसको भागमा गभर्नर परेको हो ।'  

स्रोतहरुको दाबीलाई आधार मान्ने हो र नेताहरुबीचको उच्चस्तरको सहमतिमा कुनै नाटकीय परिवर्तन भएन भने राष्ट्रबैंकको आगामी गभर्नरको रुपमा वरिष्ठ बैंकर तथा राष्ट्रबैंकका पूर्व क्याडर ज्ञानेन्द्रप्रसाद ढुंगाना आउने प्रवल सम्भावना छ ।  

यही सम्भावना बुझेका ढुंगानाले आइतबारको मिति राखेर प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत नविल बैंकबाट राजीनामा दिइसकेका छन् । निकै चतुर बैंकर समेत रहेका ढुंगानाले कुनै संकेत नभई टप पोजिसनमा रहेको बैंकको सीईओ पद नत्यागेको उच्च स्रोतको भनाई छ । 'उहाँले नविलको सीईओ पदसँग जूवा मात्र खेल्नुभएको हो जस्तो लाग्दैन ।' कांग्रेसका एक नेताले भने-'उच्च तहबाट ग्रीन सिग्नल नपाई यस्तो निर्णय भएको हो जस्तो लाग्दैन ।'

 देउवा र ओलीबीच सम्भावित गभर्नरको विषयमा सहमति भएकै कारण सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गभर्नर सिफारिस समितिको विषयमा औपचारिक निर्णय गरेको थियो । तीन सदस्यीय समिति यसअघि नै टुंगो लागिसकेको भए पनि कांग्रेसका मन्त्रीले होल्ड गर्दा औपचारिकता पाउन सकेको थिएन ।  

अब सिफारिस तथा छनौट समितिले गभर्नर छनौटको आवश्यक प्रक्रिया आज या भोलिदेखि नै सुरु गर्नेछ । सबै काम तीव्र गतिमा अगाडि बढाई आगामी साताको बिहीबारसम्ममा गभर्नर नियुक्त गर्ने गरी तयारी भइरहेको स्रोतहरुले दाबी गरेका छन् ।  

राष्ट्रबैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गतेदेखि सकिँदैछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.