आईतवार, बैशाख ६,२०८३ 01:06:54
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:06:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी पूँजीबजार उद्योगका कम्पनीहरुले दिए कर्मचारीलाई ४७.७ अर्ब डलरको रेकर्डतोड बोनस

Bizshala
अमेरिकी पूँजीबजार उद्योगका कम्पनीहरुले दिए कर्मचारीलाई ४७.७ अर्ब डलरको रेकर्डतोड बोनस
Shivam Cement

काठमाण्डौ । अमेरिकी पूँजीबजार उद्योगमा कार्यरत कर्मचारीहरुलाई रेकर्डतोड बोनस घोषणा गरिएको छ । बालस्ट्रिटमा रहेका पूँजीबजार सम्बद्ध कम्पनीहरुले बोनसको सिजन सुरु भएसँगै कर्मचारीहरुलाई कुल ४७.५ अर्ब डलरबराबरको बोनस घोषणा गरेका हुन् ।  

बालस्ट्रिटको पूँजीबजार उद्योगमा २ लाख बढी कर्मचारी कार्यरत छन् । कम्पनीले घोषणा गरेको बोनस अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । कर्मचारीहरुलाई औषत २ लाख ४४ हजार ७ सय डलर प्रदान गरिएको न्यूयोर्क स्टेट कम्प्ट्रोलर थोमस पी दिलनापोलीले बताए । यो रकम अघिल्लो वर्षको तुलनामा ३१.५ प्रतिशतले बढी भएको समेत उनले बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत वर्ष वालस्ट्रिटका कम्पनीहरुको मुनाफामा ९० प्रतिशतका उछाल आएसँगै कर्मचारीहरुको बोनसमा उल्लेख्य वृद्धि भएको हो । वित्त बजार बलियो बनेको खबर न्यूयोर्कको अर्थतन्त्रका लागि सुखद भएको दिलनापोलीले बताए ।  

CG Motors
Garima Development Bank
IME remit

रेकर्ड हाई नोमिनल डलरमा आधारित हुने जनाइएको छ । मुद्रास्फितीलाई आधार मान्ने हो भने सन् २००६ मा प्रदान गरिएको बोनस अझैपनि सबैभन्दा उच्च हुन आउछ । त्यस वर्ष वालस्ट्रिका कम्पनीहरुले कर्मचारीहरुलाई कुल ३४.३ अर्ब डलरबराबरको बोनस प्रदान गरेका थिए ।  जुन एक जना कर्मचारीलाई औषत १ लाख ९१ हजार ४ सय डलर हुन आउछ । यो रकम सन् २०२५ मा गणना गर्ने हो भने ३ लाख ७ हजार डलर हुन आउछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.