शुक्रबार, जेष्ठ १,२०८३ 11:56:54
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:56:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता

Laxmi Sunrise Bank Limited
वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता
Shivam Cement

काठमाण्डौ । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ ।    

यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेटको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायतविभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ ।    

यस यात्रामा एनएमबी क्यापिटलले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले ‘पूर्ण’ ब्राण्डमा १ लि, ५०० मिलि., २५० मिलिको बोतलमा मिनरल पानी तथा २० लि को जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ ।    

Bizshala
New Office
CG Motors

‘एनएमबी क्यापिटललाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौँ । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो’ वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले यस सहकार्यबारे आफ्नो धारणा राखे ।  

एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिपेश कुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने ‘वृजहिमालयन स्प्रिङ प्राइभेटसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबी क्यापिटलको लक्ष्य अनुसारनै कार्य गर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृजहिमालयन स्प्रिङको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौँ ।’

Garima Development Bank
Shivam Cement
IME remit

केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तिय, बिमा, उत्पादनमूलक उद्योग ( सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्र्योरेन्स लि., सिद्वार्थ क्यापिटल लि., सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी सेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.