सोमबार, असार २,२०८२ 10:07:24
  • सोमबार, असार २,२०८२ 10:07:24
Global IME Bank Limited

प्रहरीको गोली लागी घाइते एक राजावादी प्रदर्शनकारीको मृत्यु, केही गम्भीर

Hyundai Nepal
प्रहरीको गोली लागी घाइते एक राजावादी प्रदर्शनकारीको मृत्यु, केही गम्भीर
Nabil Bank Limited

काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुको आन्दोलन भड्किएर हिंसात्मक रुप लिएपछि भएको झडपका क्रममा प्रहरीको गोली लागी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार काठमाण्डौको तीनकुनेमा शुक्रबार भएको झडपका क्रममा गम्भीर घाइतेमध्ये एकजनाको मृत्यु भएको हो । मृतक कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

झडपमा परी हालसम्म २२ जना घाइते भएका छन् । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको त्यहाँ पुग्नुअघि नै मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

प्रहरीले अवस्था नियन्त्रणबाहिर गएको भन्दै टियरग्याँससँगै रबरका गोली र हवाई फयर पनि गरेको थियो ।  

केही घाइतेहरुको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.