शनिबार, श्रावण १७,२०८२ 10:40:08
  • शनिबार, श्रावण १७,२०८२ 10:40:08
Global IME Bank Limited

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"

Hyundai Nepal
डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा छोटो समयमा लोकप्रियता कमाउन सफल इलेक्ट्रिक ह्याचब्याक "नाम्मी"(Nammi) ब्रान्डले चाँडै चाडपर्व अफर सार्वजनिक गरेको छ । "चाडपर्व कुर्न किन ?" भन्ने नारासहित डोङफेङ नाम्मीले ग्राहकहरूलाई लक्षित गर्दै यो विशेष अफर ल्याएको हो।

यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्तालाई चाडपर्वको उत्सव अगावै सुरु गर्न आमन्त्रण गरेको छ । डोङफेङ नाम्मी नेपालको सबैभन्दा रुचाइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याकका रूपमा स्थापित हुँदै गएको छ, जसले ग्राहकहरूको मन जित्न सफल भएको छ ।

Muktinath Bikas Bank Limited

नाम्मीले आफ्नो सेग्मेन्टमा पहिलो पटक प्रस्तुत गरेका विशेष फिचर, दमदार रेञ्ज, उत्कृष्ट मूल्य प्रस्ताव, आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र व्यवहारिक प्रविधिले गर्दा नेपाली ग्राहकहरूका लागि एक ‘फाइभ स्टार लक्जरी इभी’ को रूपमा परिचय बनाएको छ ।

अझ सुलभ र आकर्षक बनाउने उद्देश्यले कम्पनीले चाडपर्व अफर अन्तर्गत नाम्मीको मूल्य रु ३३.९९ लाख तोकेको छ, जुन पूर्व मूल्य रु ३४.७९ लाख भन्दा घटाइएको हो । यो विशेष अफर चाडपर्वको भिडभाड कुर्न नपरी पहिले नै उत्सव मनाउन चाहने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो ।

अफरका विशेषताः

-चाडपर्व अफर मूल्यः रु ३३.९९ लाख (पूर्व मूल्यः रु ३४.७९ लाख)

-उपलब्धता: डोङफेङ नाम्मीका देशभरका सबै शोरूमहरूमा

डोङफेङ नाम्मीले नेपाली बजारमा विद्युतीय सवारीको क्षेत्रमा डिजाइन, नवप्रवर्तन र व्यवहारिकतासँगै नयाँ बाटो देखाइरहेको छ । चाडपर्वको प्रारम्भमा सार्वजनिक गरिएको यो अफरले नेपाली उपभोक्तालाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा थप पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.