मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
Global IME Bank Limited

दुई बैंकले डिबेञ्चर जारी गर्न सेबोनबाट पाए अनुमति, कुनले कति ?

Hyundai Nepal
दुई बैंकले डिबेञ्चर जारी गर्न सेबोनबाट पाए अनुमति, कुनले कति ?
Nabil Bank Limited

काठमाण्डौ । दुई वाणिज्य बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकले डिबेञ्चर निष्कासनको अनुमति पाएको हो ।  

राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षे अवधि र ७ प्रतिशतदरको ‘आरबीसीएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ। बैंकले हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई डिबेञ्चर जारी गर्न अनुमति पाएको छ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले चैत ८ गते डिबेञ्चर जारी गर्न अनुमति पाएको छ ।  

त्यस्तै, एनआइसी एशिया बैंकले पनि १० वर्षे अवधिका लागि ७ प्रतिशत ब्याजदरमा ‘एनआइसी एशिया डिबेञ्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति पाएको छ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले अंकित मूल्य हजार रुपैयाँ दरको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न चैत १२ गते स्वीकृति पाएको छ । बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.