काठमाण्डौ । म्यानमारको सत्तारुढ सैनिक सरकारले देशमा एक साताको राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यानमारमा मार्च २८ मा गएको शक्तिशाली भूकम्पमा १७ सयभन्दा बढीको ज्यान गएको छ ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ। यस अवधिमा झण्डा आधा झुकाइनेछ। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएको र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका छन्।
उनले कम्तीमा तीन अस्पताल पूर्ण रूपमा बन्द भएको र अन्य २२ अस्पतालहरू आंशिक रूपमा क्षतिग्रस्त भएका र राम्ररी चल्न नसक्ने बताए। उनले म्यान्मारको सत्तारुढ सैन्य सरकारले केही क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप समेत लगाएका छन् ।