म्यानमारमा भीषण विस्फोटः ५५ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाण्डौ । म्यानमारको विद्रोही नियन्त्रणमा रहेको सान स्टेटको नामखाम टाउनशिपमा आइतबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। स्थानीय स्रोतहरूका अनुसार मृतकमध्ये २५ महिला र ३० पुरुष रहेका छन्, यद्यपि विभिन्न सञ्चारमाध्यमहरूले फरक–फरक तथ्यांक सार्वजनिक गरेका छन्।उक्त क्षेत्रको नियन्त्रणमा रहेको टाङ नेशनल लिबरेशन...

