बुधबार, श्रावण २०,२०८३ 11:32:49
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:32:49
Bizshala
Global IME Bank Limited

अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा,सहकारीको दिगोपनमा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्ः प्राडा स्थापित

अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा,सहकारीको दिगोपनमा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्ः प्राडा स्थापित
New Office

काठमाण्डौ । नेपाल खुला विश्व विद्यालयका प्राडा अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा  दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिट्यान्सले गरेको बताए ।

‘अहिले नेपालीमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुने क्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उतारचढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् । यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’

अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धाधुन्द लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ ।  

स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी  नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सीटीईभीटी र विश्वद्यियालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए ।

उक्त प्रस्तुतीको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शीतालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवनयापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.