बुधबार, माघ ९,२०८१ 03:41:26
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:41:26
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले फागुन १६ गते देखि १५ दिनको म्याद राखेर बोर्ड अध्यक्षको आवेदन माग गरेको छ । नयाँ अध्यक्षको छनौटको दौड सुरु भएसँगै सम्भावित आकांक्षीबारे अड्कलबाजी हुन सुरु भएको छ । 

यसपालि पनि १५ देखि २० जनाको आवेदन पर्ने सम्भावना रहेको जानकार बताउँछन् । बोर्ड अध्यक्षको आवेदन माग हुँदा बोर्ड भित्रैबाट पनि आवेदन पर्ने गरेको छ । तर अहिलेसम्म बोर्ड भित्रैबाट बोर्ड अध्यक्ष बनेको दृष्टान्त भने अहिलेसम्म देखिएको छैन ।

यसपालिको बोर्ड अध्यक्षको लागि कार्यविधिमा समेत केही हेरफेर भएको छ । यसपालिको कार्यविधिमा  शैक्षिक  योग्यताको अंक घटाइएको छ । पूणांक पनि १५० अंकबाट १०० अंकमा झारिएको छ । यसपालिको कार्ययोजनामा अन्तवार्ताको लागि मात्रै ४० अंक तोकिएको छ । बोर्ड बाहिरबाट के कति आवेदन भन्ने निश्चित नभएता पनि यसपालि पनि बोर्ड भित्रबाट तीन जना आकांक्षी देखिएका छन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

जसअन्तगर्त हालका निमित्त अध्यक्ष रहेका डा. नबराज अधिकारी , कार्यकारी निर्देशक तथा प्रवक्ता मूक्तिनाथ श्रेष्ठ तथा कार्यकारी निर्देशक नै रहेका कृष्णराज पोखरेल  बोर्डभित्रबाट अध्यक्षको आकांक्षीको रुपमा रहेको छन् । बोर्डभित्रका आकांक्षीमध्ये एक जनाले बाहिरबाट बोर्ड अध्यक्ष आएर धितोपत्र बोर्ड बुझ्न नै एक बर्ष लाग्ने र बोर्ड चलाउन नै नसक्ने दाबी गरे । उनले भने ‘यस अघिका २ वटै अध्यक्ष धितोपत्रबोडमा असफल भएर गए । अब पनि त्यही गल्ती सरकारले नदोहोराओस् । धितोपत्र बोर्ड जो सुकै मान्छे आएर चलाउन सक्ने त्यति सहज ठाँउ भने होइन ।’

हालको कार्यविधिमा सबै प्रक्रिया पुर्याएका आवेदनहरुको मूल्यांकन तथा छनौट विधिमार्फत नयाँ अध्यक्ष छनौट गर्न कम्तिमा पनि अझै २ महिना लाग्ने देखिन्छ । यस हिसावले नयाँ बोर्ड अध्यक्ष २०८० सालमा आउने सम्भावना भने निकै कम देखिन्छ । हाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा हक प्रद तथा प्रथामिक सेयर गरेर करिव ४० वटा कम्पनीको निष्कासन स्वीकृति रोकिएको अवस्थामा छ ।  

त्यसै गरि बोर्डमा अध्यक्ष नहुँदा दोस्रो बजारमा अराजकता र बेथिति पनि मौलाउँदै गएको छ । ब्रोकरहरु दैनिक नेप्सेमा राफसाफ समस्या बोकेर धाएको धाएै  छन् । यस्तो अबस्थामा नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष तीव्र गतिमा अगाडी बढाउन आबश्यक देखिन्छ । हाल डा. नबराज अधिकारीले निमित्त आधिकारीकौ रुपमा सामान्य दैनिक प्रशासन चलाउने गरि मात्रै प्रशासन चलाएका छन् । प्राथामिक सेयर निष्कासनको लागि प्रस्ताव बोर्ड बैठक समक्ष प्रस्तुत गर्नु पर्ने हुन्छ । तर बोर्डमा अध्यक्ष खालि भएको २ महिना ढिलो गरि माग भएको आवेदन अन्तगर्त नयाँ अध्यक्ष पाउन भने लगानीकर्ताहरुले नयाँ बर्ष २०८१ नै कुर्न पर्ने निश्चित देखिन्छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.