धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !
काठमाण्डौ । नेपाल सरकारले फागुन १६ गते देखि १५ दिनको म्याद राखेर बोर्ड अध्यक्षको आवेदन माग गरेको छ । नयाँ अध्यक्षको छनौटको दौड सुरु भएसँगै सम्भावित आकांक्षीबारे अड्कलबाजी हुन सुरु भएको छ । यसपालि पनि १५ देखि २० जनाको आवेदन पर्ने सम्भावना रहेको जानकार बताउँछन् । बोर्ड अध्यक्षको आवेदन माग हुँदा बोर्ड भित्रैबाट पनि आवेदन पर्ने गरेको छ । तर अहिलेसम्म बोर्ड भित्रैबाट बोर्ड...