मंगलवार, असार ३,२०८२ 11:02:34
  • मंगलवार, असार ३,२०८२ 11:02:34
Global IME Bank Limited

बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?

Hyundai Nepal
बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?
Nabil Bank Limited

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा करिव २९ अंकको गिरावट आएको छ । परिसूचक घटेपनि आज कारोबार भने वृद्धि भएको छ । आज बजार घट्दा १० ब्रोकरबाट उच्च खरिद–बिक्री भएको छ ।  

आज उच्च बिक्री गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ रहेको छ । यो ब्रोकरबाट १८ करोड ४८ लाख रुपैयाँबराबरको बिक्री भएको छ भने १३ करोड ८० लाख रुपैयाँबराबरको खरिद भएको छ । दोस्रो स्थानमा भिजन सेक्युरिटिज  स्टक ब्रोकर नम्बर ३४ रहेको छ । भिजन सेक्युरिटिजबाट १० करोड रुपैयाँबराबरको खरिद हुँदा ९ करोड ७३ लाख बराबरको बिक्री भएको छ ।  

त्यसै गरि तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ ले ८ करोड ४८ लाखको खरिद गरेको छ भने ९ करोड ५८ लाखको बिक्री गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

९ करोड ३४ लाखबराबरको खरिद र ८ करोड ६६ लाखबराबरको बिक्री गरेको इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ चौथो स्थानमा रहेको छ ।  

धेरै कारोबार गर्नेको ५ औं स्थानमा रहेको डाइनामिक मनी म्यानेजर स्टक ब्रोकर नम्बर ४४ ले ७ करोड १६ लाखको खरिद गरेको छ भने ९ करोड ६२ लाखको बिक्री गरेको छ ।

छैटौं स्थानमा रहेको अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ बाट ८ करोड २५ लाखको खरिद र ८ करोड ४२ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

यस्तै ७ औं स्थानको अग्रावाल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६ बाट १० करोड ८७ लाखको खरिद र ५ करोड ५० लाखको बिक्री भएको छ ।  

८ औं स्थानमा रहेको आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ बाट ८ करोड २३ लाख र ७ करोड ५९ लाख रुपैयाँबराबरको बिक्री भएको छ । नबौं स्थानको दीप शिखा धितोपत्र कारोबार कम्पनीबाटे ७ करोडको खरिद र ८ करोड १० लाख बिक्री भएको छ । १० औं स्थानमा रहेको दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३३ बाट ८ करोडको खरिद र ६ करोड १८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.