आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, नासाबाट मात्रै रु.१ अर्बमाथि
काठमाण्डौ । मंगलबार सेयरबजारमा ८ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

