काठमाण्डौ । बुधबार सेयरबजारमा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, भिजन सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्रिष्टल कञ्चनजंगा, दिपशिखा धितोपत्र कारोबार कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो कम्पनीबाट ४१ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५८.६८ प्रतिशत सेयर खरिद भएको छ भने ४१.३२ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।