काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, नबिल स्टक डिलर, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ८१ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३६.५५ प्रतिशत सेयर खरिद भएको छ भने ६३.४५ प्रतिशत सेयर बिक्री भएको छ ।


