काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ५५ करोड ७३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.२० प्रतिशत सेयर खरिद भएको छ भने ५०.८० प्रतिशत सेयर बिक्री भएको छ ।


