काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अग्रवाल सेक्युुिरटिज, ओपल सेक्युुिरटिज, सनि सेक्युुिरटिज, हिमालयन ब्रोकरेज कम्पनी, नासा सेक्युुिरटिज र त्रिशक्ति सेक्युुिरटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा हिमालयन सेक्युुिरटिज, अनलाईन सेक्युुिरटिज, नागरिक स्टक डिलर र भिजन सेक्युुिरटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा अग्रवाल सेक्युुिरटिज रहेको छ । यो ब्रोकरबाट ६२ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४०.९४ प्रतिशत सेयर खरिद भएको छ भने ४९.०६ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।