काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नबिल स्टक डिलर, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दिपशिखा धितोपत्र कारोबार कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ८० करोड ९४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.५४ प्रतिशत सेयर खरिद भएको छ भने ५१.४६ प्रतिशत सेयर बिक्री भएको छ ।


