काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब ८ करोड रुपैयाँमाथि सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद माग भएका छन् भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ७३ करोड ४८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५८.०८ प्रतिशत सेयर उच्च खरिद माग भएको छ भने ४१.९२ प्रतिशत सेयर बिक्री भएको छ ।
