काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, श्रीहरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७९ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.०५ प्रतिशत सेयर खरिद भएको छ भने ४८.९५ प्रतिशत सेयर बिक्री भएको छ ।


