काठमाण्डौ । सेयरबजारमा आज ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका छन् ।
उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ४४ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ६१.५७ प्रतिशत सेयर खरिद भएको छ भने ३८.४३ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।