बुधबार, असार १०,२०८३ 08:07:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:07:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर

Laxmi Sunrise Bank Limited
यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज बजार घट्दा १० वटा ब्रोकरबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट खरिद भन्दा पनि बिक्री बढी गरेको छ । यो ब्रोकरबाट करिब १७ करोडको बिक्री भएको छ भने करिब १३ करोडको मात्रै खरिद भएको छ ।  

उच्च कारोबार गर्नेको दोस्रो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । नासा सेक्युरिटिजबाट खरिद बढी भएको छ । यो ब्रोकरबाट १२ करोड १० लाखबराबरको खरिद भएको छ भने १० करोड १७ लाखबराबरको बिक्री भएको छ । तेस्रोमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ । यो ब्रोकरबाट बिक्री बढी भएको छ । यो ब्रोकरले १० करोड ७४ लाखको बिक्री गरेको छ भने ७ करोड ६० लाखको खरिद गरेको छ ।  

चौथोमा सनी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४२) को खरिद बढी रहेको छ । यो ब्रोकरबाट ९ करोड १४ लाखको खरिद भएको छ भने ७ करोड ८० लाखबरारको बिक्री भएको छ ।  

५ औंमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ । यो ब्रोकरबाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ६ करोड ७६ लाखको खरिद भएको छ भने ७ करोड २७ लाखको बिक्री भएको छ । छैटौंमा रहेको लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१) बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ६ करोडबराबरको खरिद भएको छ भने ७ करोड ९२ लाखबराबरको बिक्री भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

७ औं स्थानमा रहेको दीप शिखा  धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) बाट खरिद बढी भएको छ । यो ब्रोकरबाट ६ करोड ४२ लाखको खरिद भएको छ भने ४ करोड ३५ लाखको बिक्री भएको छ ।  

८ औंमा क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ को पनि खरिद बढी रहेको छ । यो ब्रोकरले ७ करोड ४६ लाखको खरिद गरेको छ भने ४ करोड ३२ लाख रुपैयाँको विक्री गरेको छ । नबौं नम्ँबरमा सूमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३९ को पनि खरिद बढी रहेको छ । यो ब्रोकरको ६ करोड ४७ लाखको खरिद रहेको छ भने करिव ५ करोडको बिक्री रहेको छ । दसौं नम्बर आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ को बिक्री बढी रहेको छ । यो ब्रोकरको ५ करोड ४५ लाखको खरिद रहेको छ भने ५ करोड ८२ लाखको बिक्री रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.