काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, नासा सेक्युुरिटिज र एप्पल सेक्युुरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अग्रवाल सेक्युुरिटिज, सनि सेक्युुरिटिज, नेपाल स्टक हाउस, इम्पेरियल सेक्युुरिटिज, नबिल स्टक डिलर, त्रिशक्ति सेक्युुरिटिज र भिजन सेक्युुरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा अनलाइन सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ६७ करोड ३६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.९० प्रतिशत सेयर खरिद भएको छ भने ४८.१० प्रतिशत सेयर बिक्री भएको छ ।


