काठमाण्डौ । मंगलबार सेयरबजारमा ६ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा दिव्या सेक्युरिटिज, एप्पल सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र व्लु चिप सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ७८.२९ प्रतिशत सेयर खरिद भएको छ भने २१.७८ प्रतिशत सेयर बिक्री भएको छ ।


