काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एप्पल सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, नबिल स्टक डिल र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ४५ करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५४.७२ प्रतिशत सेयर खरिद भएको छ भने ४५.२८ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।