काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने तीन वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज मात्रै १ अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

