काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनराइज सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.६२ प्रतिशत सेयर खरिद भएको छ भने ४७.३८ प्रतिशत सेयर बिक्री भएको छ ।


