काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, लिन्च स्टक मार्केट, भिजन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४५.४१ प्रतिशत सेयर खरिद भएको छ भने ५४.५९ प्रतिशत सेयर बिक्री भएको छ ।


