काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो कम्पनीबाट आज ८१ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.४१ प्रतिशत सेयर खरिद भएको छ भने ४९.५९ प्रतिशत सेयर बिक्री भएको छ ।


