काठमाण्डौ । मंगलबार ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा दिपशिखा धितोपत्र कारोबार कम्पनी, इम्पेरियल सेक्युरिटिज, सन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा १८.७९ प्रतिशत अर्थात् २३ करोड रुपैयाँ बराबरको सेयर खरिद भएको छ भने ८१.२१ प्रतिशत अर्थात् ९९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।