काठमाण्डौ । सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु भएको छ । नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।
शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो ।
काठमाण्डौबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।
लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा वाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् ।