आईतवार, असार २२,२०८२ 02:47:19
  • आईतवार, असार २२,२०८२ 02:47:19
Global IME Bank Limited

विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

Hyundai Nepal
विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने
Nabil Bank Limited

काठमाण्डौ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अनलाइनबाटै बंैक खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।  

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

केही समयअघि केन्द्रीय बैंकले खाता खोल्दा राष्टिय परिचयपत्र वा राष्टिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । यो व्यवस्थाका कारण विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई बैंकमा खाता खोल्न र कारोबार गर्न असहज भएको थियो । सोही व्यवस्थालाई हटाइएको हो ।  

अब विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत् इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् । 

'यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।'- परिपत्रमा भनिएको छ ।

यस्तै, केन्द्रीय बैंकले जेष्ठ तथा अशक्त नागरिकहरुका लागि समेत बैंक खाता खोल्न वा कारोबार गर्न सहज व्यवस्था गरिदिएको छ । बैंक कारोबारमा राष्टिय परिचयपत्र अनिवार्य भन्दै यसअघि केही बैंकहरुले हजारौं जेष्ठ तथा अशक्त नागरिकहरुको सामाजिक सुरक्षा भत्ता रोकिदिएका थिए । यही समस्यालाई सम्बोधन गर्दै केन्द्रीय बैंकले सहजीकरण गरिदिएको हो । 'आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।'- परिपत्रमा भनिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.