मंगलवार, श्रावण १९,२०८३ 09:53:46
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:53:46
Bizshala
Global IME Bank Limited

विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने
New Office

काठमाण्डौ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अनलाइनबाटै बंैक खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।  

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

केही समयअघि केन्द्रीय बैंकले खाता खोल्दा राष्टिय परिचयपत्र वा राष्टिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । यो व्यवस्थाका कारण विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई बैंकमा खाता खोल्न र कारोबार गर्न असहज भएको थियो । सोही व्यवस्थालाई हटाइएको हो ।  

अब विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत् इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् । 

'यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।'- परिपत्रमा भनिएको छ ।

यस्तै, केन्द्रीय बैंकले जेष्ठ तथा अशक्त नागरिकहरुका लागि समेत बैंक खाता खोल्न वा कारोबार गर्न सहज व्यवस्था गरिदिएको छ । बैंक कारोबारमा राष्टिय परिचयपत्र अनिवार्य भन्दै यसअघि केही बैंकहरुले हजारौं जेष्ठ तथा अशक्त नागरिकहरुको सामाजिक सुरक्षा भत्ता रोकिदिएका थिए । यही समस्यालाई सम्बोधन गर्दै केन्द्रीय बैंकले सहजीकरण गरिदिएको हो । 'आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।'- परिपत्रमा भनिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.