काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २०५ रुपैयाँ निर्धारण गरिएको छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।