काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले वीरगञ्ज पर्सामा रहेको बैंकको सामान्य सेवा विभाग शाखामा आईपुग्ने गर्री आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।