शनिबार, बैशाख ५,२०८३ 12:37:30
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:37:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढीले वृद्धि, अमेरिकी ट्यारिफको त्रास भने कायमै

Bizshala
चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढीले वृद्धि, अमेरिकी ट्यारिफको त्रास भने कायमै
Shivam Cement

काठमाण्डौ । चीनले पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको छ । बलियो उपभोग र औद्योगिक उत्पादनका कारण चीनले पहिलो त्रैमासमा ५.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ ।  

बुधबार प्रकाशित आँकडाअनुसार जनवरी–मार्च त्रैमासमा चीनको जीडीपी ५.४ प्रतिशतले बढेको देखिएको छ । जुन अघिल्लो अर्थात चौथो त्रैमासकै निरन्तरता हो । तर यो वृद्धिदर विश्लेषकहरुले प्रक्षेपण गरेको ५.१ प्रतिशतभन्दा भने बढी हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपी अमेरिकाले चीनमाथि लगाएको भारी ट्यारिफका कारण भने यो वृद्धि टिकाउ नहुने आशंका व्यक्त गरिएको छ । अमेरिकी ट्यारिफको प्रभावबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई जोगाउन र ठूलो मात्रामा रोजगारी गुमाउनबाट जोगिन चीनको नेतृत्व लागि परेको छ ।  

चीन सरकारको आर्थिक पुनरुत्थान कार्यक्रमले देशको उपभोग र लगानीलाई बढावा मिलेको इकोनोमिक इन्टीलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री छु टियाछेनले बताए । उनले ५.४ प्रतिशतको वृद्धिलाई राम्रो सुरुवात भएको बताएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

यो आँकडाले बैंकहरुको कर्जा प्रवाह बढेको र औद्योगिक उत्पादनमा पनि सुधार आएकाले आर्थिक पुनरुत्थानतर्फ अग्रसर भईरहेको संकेत गरेको जनाइएको छ । तर बढ्दो बेरोजगारी र आर्थिक मन्दीको दबाबका कारण कमजोर मागको सम्भावना पनि बढाएको छ ।  

विश्लेषकहरुले ट्रम्पको ट्यारिफबाट बच्न कम्पनीहरुले तीव्र रुपमा ढुवानी बढाएकाले मार्च महिनामा चीनको निर्यातमा वृद्धि देखिएको बताएका छन् । ट्रम्पको ट्यारिफ कार्यान्वयनमा आएसँगै यसमा क्रमिक कमी आउने उनीहरुले बताएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.