आईतवार, असार २२,२०८२ 07:05:40
  • आईतवार, असार २२,२०८२ 07:05:40
Global IME Bank Limited

तेस्रो त्रैमाससम्म कस्तो छ कुमारी बैंकको वित्तीय अवस्था ?

Hyundai Nepal
तेस्रो त्रैमाससम्म कस्तो छ कुमारी बैंकको वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको आम्दानीसँगै नाफामा कमी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको छ ।  

बैंकले समीक्षा अवधिसम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म ८ अर्ब ४२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा भने ७ अर्ब ८९ करोड रुपैयाँबराबरको मात्रै ब्याज आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड र सञ्चालन नाफा ८५ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको रिटेन्ड अर्निङ ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने १५ अर्ब ५३ करोड रुपैयाँ रहेका छ । बैंकको रिजर्भको आकार अघिल्लो आवको तुलनामा ११.३७ प्रतिशतले बढी हो ।  

निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह भने २ खर्ब ६८ अर्बबाट घटेर २ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा भने ६ अर्ब ५० करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १४२.०९ गुणा र तरलता अनुपात ३२.५९ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.